राज गर्दै थिएँ म, संसार मेरो श्रीपेच,
हरेक दिन, हरेक रात, I was in my own race
सिसाको महल, भित्ताहरू चम्किलो,
मै हो राजा, सबभन्दा बलियो
एउटा ढुङ्गा, विशाल महल, त्यहीँ नि चर्कियो,
आकाशभरि टुक्रा, सबै भत्कियो
बचाउने आँट, समात्दा काट्यो हात,
जमिन चिहान, नास सबै स्वाभिमान
लौ न के भयो, कोही मलाई बचाउन,
कोही त आऊ, मद्दत गर, फेरि महल सजाउन,
टाँस्न खोजेँ काँच, थियो थोरै भए नि आस,
तर मान्छे बाँच्न सक्छ र भएछि लास?
"यही हो भाग्यको खेल?" मलाई यस्तो हुँदा
धुलोमा मिसियो आँसु, जमिनमा घुँडा,
उत्तर आएन, कानमा हुरीको आवाज
"बना महल फेरि अनि मात्र गर्छस् राज!"
सुन्दर पल बग्छ बलुवामा पानी,
थोपा थोपा महत्त्व गर्छु सङ्कोच नमानी
यो मात्र हैन जीवन, एउटा ठुलो छाल
देखाउँछु फेरि के गर्न सक्छु, मेरो कमाल
सुन्दर पल बग्छ बलुवामा पानी,
थोपा थोपा महत्त्व गर्छु सङ्कोच नमानी
यो मात्र हैन जीवन, एउटा ठुलो छाल
देखाउँछु फेरि के गर्न सक्छु, मेरो कमाल
घरको जग हेरेको पुरै हड्डी र कङ्काल,
सोच्थेँ आफूलाई खुङ्खार, दमदार,
चमकदार, सफलताको रफ्तार, छैन हतार,
थरी थरी प्रकार, मच्चाउँथे हाहाकार,
जे हुनु छ भइहाल्छ, मान्छे त एकदिन गइहाल्छ,
थापेर हात लिनु पर्ने एउटा यही कर्मको फल छ
पाउने फल तितो मिठो, अमृत या विष,
सम्मानले लिन्छु देखाउँदै बत्तिस,
मेरो जग बलियो अब माटो र ढुङ्गा,
शक्तिले लतपतिएको तातो खुनमा
टुट्दैन अब, सहन्छ खेल समयको
बिर्सेको छैन कहाँबाट सुरु भएको!
सुन्दर पल बग्छ बलुवामा पानी,
थोपा थोपा महत्त्व गर्छु सङ्कोच नमानी
यो मात्र हैन जीवन, एउटा ठुलो छाल
देखाउँछु फेरि के गर्न सक्छु, मेरो कमाल
सुन्दर पल बग्छ बलुवामा पानी,
थोपा थोपा महत्त्व गर्छु सङ्कोच नमानी
यो मात्र हैन जीवन, एउटा ठुलो छाल
देखाउँछु फेरि के गर्न सक्छु, मेरो कमाल